दफा २६
समायोजन गर्न बाधा नपर्ने
यस ऐनमा जुनसुकै कुरा लेखिएको भए तापनि सङ्घको दरबन्दीमा नरही प्रदेश र स्थानीय तहमा दरबन्दी कायम भएका वा कुनै पनि तहमा दरबन्दी कायम हुन नसकेका सरकारी सेवाका कर्मचारीले दफा ५ बमोजिम निवेदन नदिएको कारणले मात्र त्यस्तो कर्मचारीलाई मन्त्रालयले उपयुक्त ठहर्याए बमोजिम प्रदेश वा स्थानीय तहको सेवाको मिल्दो पदमा समायोजन गर्न बाधा पर्ने छैन।